नेपाली युवामा 'कोरिया मोह' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, ७ असोज । नेपालबाट बैदेशिक रोजगारीका लागि कोरिया जानेको संख्या वर्षै पिच्छे बढीरहेको छ । पछिल्लो समय युवाहरुको प्रमुख रोजाई मध्य कोरिया समेत पर्ने गरेको छ । १० वर्षमा कम्तिमा करोडौँ रुपैया लिएर फर्कन सकिने आशामा कैयौँ युवाहरुको कोरिया लोकप्रिय बन्दै गएको हो । पछिल्लो ९ महिनामा झण्डै ६ हजार ६ सय युवा कोरियामा रोजगारीका लागि पुगेका छन् । पछिल्लो तथ्याकंअनुसार, जनवरी एकदेखि हालसम्म ६ हजार ६ सय भन्दा बढी युवा ईपीएस कोटामा कोरिया पुगेको ईपीएस कोरिया शाखाले बताएको छ ।

ईपीएस कोरिया शाखाका अनुसार गत पुस १७ देखि भदौ २२ गतेसम्म ६ हजार ४ सय १८ जना युवा कोरिया पुगेका छन् । त्यसको लगत्तै थप २ सय युवा कोरिया उडेको शाखाले बताएको छ । २०१७ को कोटामा केरियाबाट ३ लटमा लेबर कन्ट्रयाक्ट आइसकेको छ । अब चौंथो लटमा लेबर कन्ट्रयाक्ट आउने जनाइएको छ । कोरियामा यो वर्ष कामदारको अभाव धेरै देखिएको छ । त्यसैले रोस्टरमा रहेका धेरैलाई कोरिया जाने अवसर मिलेको छ । कोरियाले भाषा परीक्षा पास भएकाहरु सबैलाई लैजाने ग्यारेन्टी हुँदैन । तर, यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा धेरै परीक्षा पास गरेका नेपालीले कोरिया जाने अवसर पाएका छन् । २०१८ मा १२ हजार नेपाली उत्तीर्ण गराएको शाखाले जानकारी दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);