सबैभन्दा सस्तो काठमाडौं उपत्यका | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यका सबैभन्दा सस्तो भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरी क्षेत्रगत आधारमा काठमाडौं सस्तो भएको बताएको हो । मूल्य वृद्धि काठमाडौं उपत्यकामा १ दशमलव ३, पहाडमा २ दशमलव २, हिमालमा ५ दशमलव ६ र तराईमा २ दशमलव ८ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा मूल्य वृद्धि २ दशमलव ३ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ८ दशमलव ६ प्रतिशत थियो । साउन महिनामा खाद्य वस्तुको मूल्य समीक्षा अवधिको तुलनामा घटेको छ । खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९ दशमलव ३ प्रतिशत थियो । दलहन तथा गेडागुडीको मूल्य २३ दशमलव ३, तरकारीको मूल्य १ दशमलव ७, मसलाको मूल्य ३ दशमलव ५ र फलफूलको मूल्य १ दशमलव ४ प्रतिशतले घटेकाले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक भएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा ७० अर्ब ६० करोड व्यापार घाटा भएको छ । वस्तु निर्यात ३ दशमलव ९ प्रतिशतले घटेको तर आयात भने ९ दशमलव ३ प्रतिशतले बढेका कारण साउन महिनामा ७० अर्ब ६० करोड व्यापार घाटा भएको हो । साउन महिनामा जम्मा ६ अर्ब ६८ करोड रुपैयाँका वस्तु निर्यात भएका छन् भने ७७ अर्ब २८ करोडका वस्तु आयात गरिएको छ । भारततर्फको निर्यात १० दशमलव १ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ११ दशमलव ३ र अन्य मुलुकतर्फको निर्यात ३ दशमलव २ प्रतिशतले बढेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);