मूल्य वृद्धि उकालो : नेपाल राष्ट्र बैंक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो।

असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो।

२०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो। दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

सबैभन्दा सस्तो काठमाडौं

राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा सबैभन्दा सस्तो सामान काठमाडौं कारोबार भएको छ। यो महिनामा काठमाडौंको मूल्य वृद्धि तीन दशमलव दुई प्रतिशत छ। हिमाल सबैभन्दा मह्गो देखिएको छ। यस्तो वृद्धिदर पहाडमा चार दशमलव सात र तराईमा तीन दशमलव सात प्रतिशत छ। गत वर्षको सो महिनामा काठमाडौंमा तीन, हिमालमा चार, तराईमा पाँच दशमलव एक र पहाडमा ६ दशमलव दुई प्रतिशत थियो।

यस्ताे छ चार महिनाकाे मूल्य वृद्धि

कात्तिक ३.४

असोज ३.१

भदौ ३.४

साउन २.३

स्रोतः राष्ट्र बैंक

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);