सात महिनामा मुलुकमा ६ खर्बको व्यापार घाटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सात महिनामा मुलुकमा ६ खर्बको व्यापार घाटा

nepal rastra bank

काठमाडौं, ५ चैत । चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको दर अरु क्षेत्रको तुलनामा बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार क्षेत्रगत उपभोक्ता मध्ये मुद्रास्फीति तराई क्षेत्रमा बढी देखिएको हो । समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ५ दशमलव ६ प्रतिशत रहेको छ । यसअघि सधैँ हिमाली क्षेत्रमा बढी उपभोक्ता मुद्रास्फिति रहने गरेको थियो ।

तर, केन्द्रीय बैंकले तयार पारेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी विवरणअनुसार हिमालमा ५ दशमलव ४ प्रतिशत, पहाडमा ५ दशमलव १ प्रतिशत र काठमाडौँ उपत्यकामा चार प्रतिशत उपभोक्ता मुद्रास्फिति रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा तीन प्रतिशत, हिमालमा ३ दशमलव २ प्रतिशत, पहाडमा ५ दशमलव ९ प्रतिशत र काठमाडौँ उपत्यकामा १ दशमलव १ प्रतिशत थियो । केन्द्रीय बैंकका अनुसार २०७३ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ३ प्रतिशत रहेकामा २०७४ माघ महिनामा बढेर पाँच प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिमा खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको राष्ट्र बैंकको भनाइ छ । वैदेशिक व्यापार चालू आर्थिक वर्षको सात महिनामा कूल वस्तु निर्यात १ दशमलव ९ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा भारततर्फ १२ दशमलव ४ प्रतिशत, चीनतर्फ ७२ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पति घ्यू, धागो, तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैची, जिआइ पाइप, ऊनी गलैँचा, तामाका तारलगायतका वस्तुको निर्यात घटेको छ ।

सात महिनामा कूल वस्तु आयात १८ दशमलव ९ प्रतिशतले बढेर छ खर्ब ६१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी विप्रेषण आप्रवाह पनि १ दशमलव ७ प्रतिशतले वृद्धि भई चार खर्ब एक अर्ब अर्ब ३५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);