निजी क्षेत्रलाई नियन्त्रण हैन, प्रोत्साहन गर्नुपर्छ : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

निजी क्षेत्रलाई नियन्त्रण हैन, प्रोत्साहन गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौं, ५ चैत । उर्जामन्त्री वर्षमान पुनले नेपालमा विजुलीको बजार ग्यारेण्टी गरेर निजि र बैदेशिक लगानी प्रोत्साहित गर्ने वातावरण बनाउन विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणमा भएको स्वागत कार्यक्रममा बोल्दै उनले नेपालमा उर्जाको बजार छ भन्ने वातावरण बनाउन निर्देशन दिएका हुन् । आफू अर्थमन्त्री हुँदा विदेशीहरु आएर लगानीका लागि कुरा गर्ने तर अन्तिममा बजार छैन भनेर जवाफ पठाउने गरेको स्मरण गर्दै उनले बजारको ग्यारेण्टी गरी दिनुपर्ने बताए ।

निर्यात होईन आयात प्रतिस्थापन मात्रै गरियो भने पनि ठूलो अर्थतन्त्र नयाँ ढंगले लैजान सक्ने उनको भनाई छ । त्यसका लागि निजी क्षेत्रलाई नियन्त्रण हैन, प्रोत्साहन गर्नु आवस्यक रहेको उनले बताए ।

अहिलेसम्म उर्जा भनेको विजुली बाल्ने मात्र हो भन्ने सोँच भएपनि उर्जाको उपयोग हुन नसकेको  उनले बताए । देशमा अहिले १ खर्व बराबरको पेट्रोलियम पदार्थ आयात  भएकाे छ । अब त्यसलाई प्रतिस्थापन गरेर अर्थतन्त्र नयाँ ढंगले लैजानु पर्नेमा उनले जोड दिए  ।

मन्त्री पुनले कर्मचारीहरुलाई सत्तापक्ष र प्रतिपक्ष नभई जनताको काम गर्न  निर्देशन दिए ।  कर्मचारीको मिलेमतोमा खोलाजति झोलामा र विजुली चोरी भैरहेको भन्ने जनताको बुझाई रहेकोले त्यो आरोपबाट मुक्त हुनका लागि कर्मचारीलाई आफ्नो अनुहार सफा गर्न उनले निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);