कोरिया जान चाहने युवाहरुलाई लाइन वस्नुपर्ने वाध्यता हटेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरिया जान चाहने युवाहरुलाई लाइन वस्नुपर्ने वाध्यता हटेन

koria jane yuba

काठमाडौं, ८ चैत । कोरियन भाषा परीक्षाका लागि आवेदन बुझाउन युवाहरुको भीड लागेको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले आज आवेदन खुलाएसँगै आवेदन बुझाउन युवाहरुको विहानैदेखि भीड लागेको हो । ईपीएस कोरिया शाखाले आवेदन फाराम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएपनि युवाहरु शुल्क बुझाउनका लागि लाइनमा बसेका हुन् । भाषा परीक्षामा सहभागी हुनका लागि परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ ।

ईपीएस कोरिया शाखाले ग्लोबल आइएमई बैंकमा मात्र शुल्क बुझाउने व्यवस्था गरेका कारण बैंकका शाखा अगाडि युवाहरुको लामो लाइन लागेको हो । आगामी जेठ २६ र २७ गते सञ्चालन हुने नवौं कोरियन भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन भर्ने म्याद चैत १७ गतेसम्म तोकिएको छ । रोजगारीका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य मानिंदै आएको छ । कोरियाले १० वर्ष अगाडिदेखि नेपाली कामदारलाई भाषा परीक्षा लिएर रोजगारीमा लान थालेको हो ।

भाषा परीक्षा पास गरेर ५० हजार नेपाली कामदार रोजगारीका कोरिया पुगेका छन् । करिब एक लाख रुपैयाँको लागतमा मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारले कोरियालाई आकर्षक गन्तव्य मानेका हुन् । कोरियाले यसपटक उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ८ सय र कृषि तथा पशुपालनतर्फ २ हजार ३ सय गरी ७ हजार १ सय कामदार माग गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);