दशैँअघि नै काठमाडौँमा मेलम्चीको पानी ल्याउँछुः मन्त्री विना | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

दशैँअघि नै काठमाडौँमा मेलम्चीको पानी ल्याउँछुः मन्त्री विना

खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छन् ।

bina magar

काठमाडौं, ८ चैत । खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छन् ।

काठमाडौंका घर–घरमा दशैँअघि पानी वितरण गर्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको मन्त्री मगरले बताईन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री मगरले आफूले कडा रुपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौं भित्रिने मुख्यद्धार रहेको सुन्दरीजलसम्म पानी ल्याउनेगरि निर्माण कार्यलाई अघि बढाउन निर्देशन समेत दिएको बताईन् ।

उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा ‘ब्रेक–थु्र’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन । मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंवासीहरुलाई आग्रह समेत गरिन् । त्यस्तै उनले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताईन । केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रुपमा विकास गर्दै आफ्नो कार्यकालमा बाग्मतीमा र्याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

तराई–मधेशका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सेनिकको समस्या समाधान गर्न तराई–मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकोले त्यसलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले विश्वास दिलाईन् ।

ताजा समाचार