दशै आयो, मेलम्चीको पानी आएन ! | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

दशै आयो, मेलम्चीको पानी आएन !

melamchi-khane-pani-bina magar

फूलमाया आले
काठमाडौं, २३ असोज
। मेलम्ची आयोजनाले फेरि एकपटक काठमाडौँ उपत्यकाबासीलाई झुक्याएको छ । खानेपानी मन्त्री बिना मगरले पटक–पटक यस वर्षको दशैंमा मेलम्चीको पानी उपत्यकाबासीले उपभोग गर्न पाउने भन्दै आएकी थिईन् । तर, मेलाम्चि नआउँदै दशै आएपछि अब मन्त्रालयले फेरि अर्को भाका तोक्ने समय आएको छ ।

मेलम्ची खानेपानी आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी डी राभेन्नाँले तदारुकताका साथ काम नगरेको कारण समयमै पानी आउन नसकेको भनेर सम्बन्धी निकायले बताइरहेको छन् । सन् २०१३ जुलाई १० तारिकबाट सुरु भएको मेलम्ची खानेपानी आयोजनाको कार्य सेप्टेम्बर २०१६ मा नै सकिुनपर्ने थियो । तर, पटक–पटक समय थप्दा पनि काम सम्पन्न हुन सकेको छैन ।

प्रत्येक सरकारले या त नयाँ वर्ष र नयाँ वर्षमा नसकिए दशैलाई भाका तोक्दै आउने गरेको छन् । वर्तमान खानेपानी मन्त्री बिना मगरले पनि खानेपानी मन्त्री पदमा पदभार ग्रहण गरेपछि मेल्चीको पानी यस वर्षको दशैमा काठमाडौ उपत्यकामा आउछ भनेर पटक पटक भाषण गरिन्।

मन्त्री मगरले खानेपानी सम्बन्धी विभिन्न किसिमका भिडियोहरु निर्माण गरेर सामाजिक सञ्जालमा पनि प्रचार गरिरहेकी छिन् । तर उनिको यी घोषणा सामाजिक संजालमा सिमित भएका छन् ।

मेलम्ची खानेपानीको २७ दशमलव ५ किलोमिटर सुरुङ खन्ने काम सकिएको पनि छ महिना वितिसकेको छ । तर, खनिएको सुरुङको फिनिसिङको काम अझै ८ दशमलव ६ किलोमिटर रहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । त्यसैले फिनिसिङको काम दैनिक रुपमा दुई सय ५० मिटरको दरले गरेपनि कम्तीमा ४० दिन लाग्ने समितिको भनाई छ । त्यसैले यस वर्ष दशैंमा मेलम्चीको पानी काठमाडौँ बासीले प्रयोग गर्ने विगतको घोषणा घोषणामा सिमित हुने भएको छ ।

सरकारले हरेक पटक समय तोक्दै म्याद सार्दै गरेका कारण मेलाम्चीको पानी सरकारले घोषणा गरेको समयमा आउँछ आउँछ भनेर सर्वसाधारण विश्वास लाग्न छोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);