असोज भित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा : मन्त्री मगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

असोज भित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा : मन्त्री मगर

bina magar

काठमाडौं, ११ असार । खानेपानी तथा सरसफाई मन्त्रालयले आगामी असोज मसान्त भित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा पुग्ने दाबी गरेको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सबै विवाद समाधान गरी असोज मसान्तभित्र काठमाडौंबासीको घरघरमा मेलम्चीको पानी वितरण गरिने बताईन ।

आयोजनाले ठेकेदार कम्पनीलाई २ सय १२ दिन समय थप गरेको थियो । तर, सो अवधि कहिले देखि लागु हुने भन्नेमा विवाद श्रृजना भएको छ ।  आयोजनाले थपिएको अवधि जुन १४ मा सकिने दाबी गरेको छ । तर, बोर्डले २३ जुनदेखि लागू हुने व्याख्या गरेपछि विवाद बढेको छ ।

जसका कारण आयोजनाको काम लम्बने खतरा बढेको छ ।  मेलम्चीको पानी दशैं अगाडि काठमाडौंमा आउने बताइए पनि लक्ष्यअनुसार काम हुन भने सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);