बजेटमा समन्यायिकताको सिद्धान्तको अभाव देखियो : योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बजेटमा समन्यायिकताको सिद्धान्तको अभाव देखियो : योगेश भट्टराई

Yogesh-Bhattarai

काठमाडौं, ११ असार । नेकपाका सांसद योगेश भट्टराईले समन्यायिकताको सिद्धान्तको आधारमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न शिर्षकमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुदै उनले समन्यायिकताको सिद्धान्तको आधारमा बजेट विनियोजन हुनुपर्ने धारणा राखेका हुन् ।

सत्तारुढ दलकै सांसदहरुबाटै बजेटको आलोचना भएको भन्दै उनले समन्यायिकताको सिद्धान्तको अभाव बजेटमा देखिएको बताए । सांसद, स्थानीय, प्रदेशका जनता कोही पनि बजेटबाट सन्तुष्ट नभएको भन्दै उनले यो असन्तुष्टीले विकासका अवधारणा र मोडलका बारेमा गम्भीरता पुर्वक छलफल आवश्यक छ भन्ने देखाएको बताए ।

उनले खासगरि हिमाल केन्द्रीत पहाडका जिल्लामा पठाईएका बजेटले कति काम हुन सक्छ भनेर समिक्षा गर्नुपर्ने बताए ।

दक्षिण सिमा देखि हुलाकी राजमार्ग, पुर्व पश्चिम राजमार्ग, पुष्पलाल, मदन भण्डारी राजममार्ग सम्म सडक सञ्जालले जोड्ने हो भने समन्यायिकताको सिद्धान्तमा बजेट विनियोजन गर्नु पर्ने सुझाव उनले दिए ।

उनले मुलुकभरका विभिन्न जेलमा रहेका २० हजार कैदी बन्दीलाई राज्यले श्रममा लगाउन सक्ने हो भने प्रभावकारी परिणाम ल्याउन सक्ने भन्दै त्यसतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);