राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए । 

सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताए । विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका उनले देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए । देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उनले एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा जोड दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);