प्रतिनिधिसभाको आजको बैठकमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिनिधिसभाको आजको बैठकमा कसले के भने ?

sadan

काठमाडौं, ११ असार । प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफल भईरहेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले तराईका जिल्लामा नदी नियन्त्रणका लागि प्रभावकारी तटबन्ध बनाउन, सबै जिल्लामा सिंचाई सुविधा पुर्याउन तथा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमलसेनाले आफुहरुले माग गरे अनुसारको कार्यक्रम योजना समावेश नभएकोमा आपत्ती जनाउँदै काग कराउँदैछ पीना सुक्दैछ भने जस्तो गरेर सरकार अघि बढेको आरोप लगाए ।

सरकारले प्रतिपक्षी दलका सांसदले भनेका योजना समावेश नगरेको उनको गुनासो छ । उनले भने “ठुला ठुला नेताको क्षेत्र मात्रै विकास गरेर सम्वृद्ध नेपाल र सुखी नेपाली कसरी हुन सक्छ ?”

तराईका जिल्लामा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै उनले मुलुकका सबै क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभुति दिन गृहमन्त्रालयको ध्यानाकर्षण गराए

नेकपाका सांसद नवराज सिलवालले सुरक्षा संयन्त्रको पुनसंरचना गर्नुपर्ने बताए । सुरक्षा नै विकासको मुल मेरुदण्ड भएको भन्दै उनले सुरक्षा संयन्त्र चुस्त र दुरुस्त राख्न समग्र सुरक्षा संयन्त्रको पुनसंरचना गर्दै राजधानीको ट्राफिक व्यवस्थापनमा पनि उपयुक्त कार्ययोजना सहितको बजेट विनियोजन गर्न सुझाव दिए ।

नेकपाका सांसद पुष्पा कुमारी कर्ण कायस्तले सडक दुर्घटना कम गर्दै सुरक्षित सडक यात्रा, एकिकृत ट्राफिक व्यवस्थापन कार्यक्रममा बजेट नभएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका सांसद पदम नारायण चौधरीले प्रहरी प्रशासनको विकेन्द्रिकरण हुन नसक्दा प्रहरीहरु अन्यौलमा रहेकाले शान्ति सुरक्षाको अवस्था प्रभावित भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

स्थानीय तहका प्रहरीहरुमा केन्द्रको आदेश मान्ने वा प्रदेश वा स्थानीय सरकारको आदेश मान्ने भन्ने अन्यौल देखिएकाले तत्काल प्रहरी प्रशासनको तहगत चेन अफ कमाण्ड स्पष्ट गर्न माग गरे ।

नेकपाका सांसद मोहन बानियाँले जलविद्युत् आयोजनाहरुमा जनताको अनिवार्य लगानी गराउनुपर्ने धारणा राखे । नेपालको पानी जनताको लगानी भन्ने नारालाई पछ्याउन पनि उनले सरकारलाई सुझाव दिए ।

कृषि क्षेत्र नै मुलुकको समृृद्धिको आधार हो भन्ने नारा सहित सबै जिल्लामा सिंचाई सुविधा पुर्याउने विषयलाई नीतिगत रुपमा अघि बढाउनुपर्ने र त्यो केन्द्रबाट संञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले तटबन्धनका आयोजनालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);