आजबाट मेलम्चीको पानी घरघरमा, पहिलो चरणमा चक्रपथभित्र र आसपासका क्षेत्रमा वितरण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजबाट मेलम्चीको पानी घरघरमा, पहिलो चरणमा चक्रपथभित्र र आसपासका क्षेत्रमा वितरण हुने

melamchi surung

काठमाडौं, १५ चैत। मेलम्चीको पानी आजदेखि वितरण हुने भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानै पाइपबाट मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको हो ।

यसअघि शुक्रबारदेखि सुन्दरीजलबाट खानेपानी छोडिएको थियो । परीक्षण सफल भएपछि आयोजनाले धारा–धारामा पानी पठाउन लागेको हो ।

आज १० बजे पानी ट्यांकीमा आइपुग्ने र पानी वितरणका लागि खुमलटारको नयाँ ट्यांकीको पनि प्रयोग हुने भएको छ ।

पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्तालाई मेलम्चीको पानी वितरण गर्ने तयारी छ । हाल पुरानै पाइपलाइनका १ लाख ८० हजार धारामा पानी पठाइने र दुई चरणमा गरी १७ करोड लिटर पानी वितरण गरिने योजना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);