मेलम्ची खानेपानीको सुरुङ निर्माण सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मेलम्ची खानेपानीको सुरुङ निर्माण सकियो

melamchi_ooAkAXsz7z

काठमाडौं, २९ चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानीको ग्यालथुङ–सिन्धु खण्ड सुरुङ औपचारिक रुपमा छिचोलिएको छ । बिहिबार उपराष्ट्रपति नन्दबहादुर पुनले सुरुङको मध्यभागमा रिबन काटेर छिचोलिएको घोषणा गरेका हुन् । त्यस अवसरमा उनले दसैंअघि नै राजधानीबासीले मेलम्चीको पानी खान पाउने आभास भएको भन्दै खुसी व्यक्त गरे ।

यो सँगै आयोजनाको २६ किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न भएको छ । सुरुङ निर्माणको काम सम्पन्न भएसँगै दसैंअघि राजधानीबासीले मेलम्चीको पानी खान पाउने सुनिश्चित भएको खानेपानी तथा सरसफाई मन्त्री विना मगरले बताइन् ।

उनँले मेलम्चीबासीको माग सम्बोधन गर्ने आश्वासन समेत दिएकी छन् । मन्त्री मगरले काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारिन् ।

आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले आयोजनाका बाँकि काम तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए । । उनले आयोजना निर्माणमा स्थानीयबासीले दिएको साथ र सहयोगको पनि खुलेर प्रशंशा गरे ।

आयोजनाले दैनिक १७ करोड लिटर पानी ल्याउनेगरी २७ दशमलव ५ किलोमिटर सुरुङ निर्माण गरेको छ । आयोजनाले हालसम्म २४ अरव २२ करोड खर्च भएको  जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);