कहिले अाउला काठमाडाैंमा मेलम्चीकाे पानी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कहिले अाउला काठमाडाैंमा मेलम्चीकाे पानी ?

सिता शर्मा
काठमाडौं, १० मंसिर । दसैं अगाडी नै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने सरकारी आश्वासन अझै पूरा हुन सकेको छैन । साना देखि ठुला परियोजना समयमा सम्पन्न नहुनु नेपालको विकासको बिडम्बना हो ।

यही बिडम्बनाले आयोजनाहरुको लागत खर्च बढ्ने मात्र हैन विकासप्रति नागरिकको विश्वाससमेत घटाइरहेको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना यसको उदाहरण बनिरहेको छ । अनुमान गरिएको भन्दा दोब्बर समय र दोब्बर लागत लागि सक्दा पनि मेलाम्ची खानेपानी आयोजना अझैसम्म पुरा हुन सकेको छैन ।

बर्षौ देखि खानेपानीको अभावमा काकाकुल भईरहेका काठमाडाैंबासीलाई नियमित रुपमा स्वच्छ खानेपानी उपलव्ध गराउने उद्देश्यले २०३१ सालमा पहिलो पटक मेलम्ची खानेपानी गुरु योजना बनाइएको थियो ।

२०४७ सालमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्छु भन्ने अभिव्यक्ति दिँदा कसैले विश्वास गर्न सकेको थिएनन् । कतिसम्म भने त्यतिवेला विपक्षीहरुले कृष्णप्रसाद बौलायो भन्नेसम्मका अभिव्यक्ति दिएका थिए ।

राजनीतिक अस्थिरता र द्धन्द्धका कारण ३३ बर्षसम्म ओझेलमा परेको यो योजनाको निर्माण कार्य २०६४ सालमा चाइनाको सिआरसिसी निमार्ण कम्पनीले गर्नेगरी सम्झौता भएको थियो ।

आयोजनाको सुरुवातमा मेलम्ची देखि सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङ खन्ने जिम्मा पाएको चाइनाको सिआरसीसी कम्पनीले ३ वर्षमा दश प्रतिशत पनि काम गर्न नसकेपछि सरकारले त्यो सम्झौता रद्ध गरेका थियो ।

त्यसपछि ७ अर्ब ७२ करोड लागतमा ३ बर्ष भित्र काम सकाउने गरि जिम्मा पाएको इटालीयन सीएमसी कम्पनीले पनि अझैसम्म काम पुरा गरेको छैन । समयमा काम नसकिँदा सुरुङ खन्नका लागि मात्र सम्झौता रकम भन्दा २ अर्ब रुपैयाँ थप खर्चिनु पर्ने मेलम्ची खानेपानी विकाश समितिको अनुमान छ ।

तर सरकार र निर्माण कम्पनिबीचको तालमेलको अभाव र लापरवाहीका कारण लागत खर्च झन्झन् बढ्दै गईरहेको अर्थविद्हरुको भनाई छ ।

मेलम्ची खानेपानी आयोजना निर्माण भइरहँदा यो अवधिभित्र धेरै प्रधानमन्त्री र विभागीय मन्त्री पनि फेरिए । मन्त्री पिच्छे काठमाडौबासीले मेलम्चीको खानेपानी पाउने भाखा पनि फेरिदै गयो । खानेपानी आयोजना सम्बन्धी प्राविधिक ज्ञान नहुने तर तत्कालका लागि नागरिकलाई खुसी बनाउने उद्देश्यले पनि मन्त्रीहरुले नागरिकलाई हावादारी आश्वासन दिँदै आएका छन् ।

अहिलेका खानेपानी मन्त्री बिना मगरले पनि मन्त्री भएको एक महिना भित्रै एउटा औपचारिक कार्यक्रममा गएको दसैंमै काठमाडौंबासीले मेलम्चीको पानी पाउने दाबी गरेकी थिइन् ।

एसियाली विकाश बैंकको सहयोगमा निर्माण भईरहेको यो आयोजना पुरा भईसकेपछि हरेक दिन ५१ करोड लिटर पानी उपत्यकावासीले पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);