घरमा आगलागी हुँदा एकै परिवारका चारको जलेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

घरमा आगलागी हुँदा एकै परिवारका चारको जलेर मृत्यु

झापा, १० मंसिर । झापाको शिवसतासी नगरपालिका–७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतवार राती ९ बजे अचानक घरमा लागेको आगलागीका कारण उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया श्रीमती राधिका खनाल, ४ वर्षीय छोरी सुप्रिया खनाल र तीन महिनाका नाबालक छोरा टीकाराम खनाल रहेका छन् ।

स्थानीयहरुको अनुसार खनाल परिवारका सम्पुर्ण सदस्यहरु सुतिरहेको अवस्थामा आगलागी भएको हो । आगलागीको कारण अझै खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);