मंसिर १४ देखि १७ सम्म काठमाडाैंमा एसिया प्यासिफिक सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

मंसिर १४ देखि १७ सम्म काठमाडाैंमा एसिया प्यासिफिक सम्मेलन हुने

काठमाडौं, १० मंसिर । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन हुने आयोजक युनिभर्सल पिस फेडेरेसनले जानकारी दिएको हो ।

सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलहरुको एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक नभई सहयोगी मात्रै भएको बताए ।

उनले उक्त कार्यक्रमको सहआयोजकका रुपमा सरकार भन्ने व्यापक चर्चा भइरहेकोले सहआयोजक नभएर सहयोगी मात्रै भएको स्पष्ट पारे । सम्मेलनमा सरकारको कुनै लगानी नरहेको नेता नेपालको भनाई छ ।

सम्मेलनको विषय वर्तमान समयका गम्भिर चुनौतीहरु माथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक सम्वृद्धि र सर्वव्यापक मुल्य मान्यता भन्ने रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा सात देशका सरकार प्रमुख, ५ सय जना उच्च सरकारी अधिकारी र ४५ देशका १५ सय जना विदेशी प्रतिनिधिको सहभागिता रहने जानकारी दिइएको छ । त्यस्तै सम्मेलनका लागि २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);