गैह्र सरकारी संस्थाको कार्यक्रममा सरकार सह-आयोजक हुनु गम्भीर : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

गैह्र सरकारी संस्थाको कार्यक्रममा सरकार सह-आयोजक हुनु गम्भीर : कांग्रेस

काठमाडौं, ८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा आयोजना गर्न लागेको एसिया प्यासिफिक समिटको सरकार सहआयोजक बनेकोमा गम्भीर आपत्ती प्रकट गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाको कार्यक्रममा सरकार सह-आयोजक हुनु गम्भीर विषय भएको बताए ।

मुलुकभर हत्या हिंसा बढीरहेको समयमा शान्ति सुरक्षार्थ र जनताको सरोकारको विषय सम्बोधनमा फेला नपरेको सरकार अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाको कार्यक्रमको निम्तो कार्डमा सह-आयोजकको रुपमा फेला परेको भन्दै उनले व्यंग्य गरे ।

अन्तर्राष्ट्रिय गैह सरकारी संस्थाको कार्यक्रमको सह आयोजक सरकार र संसद भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले सरकारलाई सच्चिन आग्रह गरेका छन् । उनले धर्म निरपेक्षतालाई अंगिकार गर्दै गर्दा धर्म प्रचारको लागि हुँदै गरेका विवादास्पद कार्यक्रमको स्वयम् सरकार र संसद सहआयोजक हुनु संविधानको बर्खिलाप भएको प्रवक्ता शर्माले बताए ।

ताजा समाचार