प्रदेश १ मा १ अर्ब २ करोडको बजेट संसदमा पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश १ मा १ अर्ब २ करोडको बजेट संसदमा पेश

विराटनगर, २९ चैत । प्रदेश १ को सरकारले चालु आर्थिक बर्षको तीन महिनाको लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट संसदमा पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट संसदमा पेश गरेका छन् ।

बजेटमा चालुतर्फ ५४ करोड ३८ लाख र पूँजीगततर्फ ४७ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले बैशाखदेखि असार मसान्तसम्मको लागि बजेट ल्याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);