कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र

exam

काठमाडौं, ९ जेठ । सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ । यही २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोेकेको छ ।

यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौँ जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिनुभयो ।

सो शाखाका अनुसार ९२ हजार ३७६ जना युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । शाखाका अनुसार सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन परेको छ । आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

यो पटक आवेदन दिनेको सङ्ख्या गत वर्षभन्दा १० हजार ११२ जनाले बढी हो । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)का अनुसार सन् २०२० मा १० हजार ५० जना नेपालीलाई रोजगारका लागि दक्षिण कोरिया लग्ने भएको छ । ईपीएस कोरिया शाखाका अनुसार आउँदो वर्षका लागि औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० जना र कृषितर्फ तीन हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । सन् २०२० मा ईपीएसमार्फत रोजगारीमा जानका लागि कोरिया भाषा परीक्षामा सहभागी हुनेले गएको चैत ८ गतेदेखि १७ गतेसम्म अनलाइन आवेदन दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);