इपिएस भाषा परीक्षाका लागि ६० हजारले आवेदन भरे, फारम भर्ने म्याद चैत १७ सम्म | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

इपिएस भाषा परीक्षाका लागि ६० हजारले आवेदन भरे, फारम भर्ने म्याद चैत १७ सम्म

फूलमाया आले

काठमाडौं, ९ चैत । १० औँ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन दोस्रो दिन दिउँसो १२ बजेसम्म लगभग ६० हजार युवाले आवेदन दिएको इपिएस कोरिया शाखाले जनाएको छ । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चैत १७ गतेसम्मका लागि आवेदन खुल्ला गरेको छ । चैत १८ गतेदेखि २२ गतेसम्म आवेदकलाई सच्याउन थप समय दिईने शाखाले जनाएको छ ।

१० औँ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन इपिएस कोरिया शाखाले शुक्रबारदेखि चैत १७ गतेसम्मका लागि आवेदन फारम खुल्ला गरेको छ ।

गत वर्ष ८२ हजार भन्दा बढीले आवेदन दिएका थिए भने यस वर्ष आवेदनकले तोकिएको समयसम्ममा कम्तीमा ९० हजार युवाले आवेदन दिने अनुमान गरिएको कोरिया शाखाले जनाएको छ ।

इपिएस शाखाका अनुसार अनलाइनबाटै फारम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड लागेको छैन । ग्लोबल आइएमई बैंकका १ सय ७० भन्दा बढी शाखासहित आईएमइका १२ हजार शाखा र ई–सेवाको १८ हजार स्थान मार्फत शुल्क बुझाउने व्यवस्था गरिएको शाखाले जानाएको छ ।

परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । इपिएसले जेठ २५ र २६ गते भाषा परीक्षा सञ्चालन गर्ने छ । आवेदकले आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनौट गरी पोखरा केन्द्रमा १२ हजार जनाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरेको छ भने बाँकीले काठमाडौंबाट परीक्षा दिनुपर्ने छ ।

कोरियाले सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा छुट्याइएको छ । जसमा उत्पादनतर्फ ७ हजार ५० र कृषि क्षेत्रतर्फ ३ हजार जनाको कोटा तोकिएको छ । परीक्षामा सहभागी हुनेले एउटा क्षेत्र मात्र रोज्नुपर्नेछ ।

त्यसका साथै भाषा र सीप परीक्षामा पास भएकाले मात्रै रोजगारका लागि आवेदन दिन पाउने छन् । भाषा परीक्षा पास भएकाले सीप परीक्षणमा सहभागी हुन पाउनेछन् । सम्पूर्ण परिक्षा पास गरेर कोरिया जाने युवाले ४ वर्ष १० महिना काम गर्न पाउने व्यवस्था छ ।

पछिल्लो समय रोजगारीका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित कोरियामा हालसम्म ५९ हजार ६ सय ९८ जना युवा कोरिया गइसकेका छन् भने भाषा परीक्षामा पास भएका मध्ये ९ हजार ४ सय नेपाली कोरिया जान पाएका छैनन् ।

कोरियाले सन् २००७ मा सम्झौता गरी सन् २००८ देखि नेपाली कामदारलाई कृषि र उत्पादन क्षेत्रमा लैजान थालेको हो । ईपीएस शाखाका अनुसार कोरियाको रोजगारदाता कम्पनीले आफूलाई चाहिने कामदारको संख्या कोरियाको मानव संसाधन विभागमा पठाउने र विभागले सबै देशका नागरिकको संख्या राखेर रोजगारदातालाई चाहिनेभन्दा तीन गुणा बढी सूचीमार्फत रोजगारदाताका छनोटका आधारमा कोरिया जान पाउने व्यवस्था रहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);