यस वर्षको एसइई परीक्षा आज सुरु हुँदैछ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यस वर्षको एसइई परीक्षा आज सुरु हुँदैछ

see exam

काठमाडौं, ८ चैत । यस वर्षको एसइई परीक्षा आज सुरु हुँदैछ ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा विहान ८ बजेदेखि सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा सहभागी हुन नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी चार लाख ८५ हजार विद्यार्थीले आवेदन फाराम भरेका छन् । नियमिततर्फको परीक्षा आज सुरु हुने भएपनि प्राविधिकतर्फको परीक्षा भने चैत १४ गतेदेखि २० गतेसम्म हुने छ ।

परीक्षाका लागि देशभर एक हजार ९ सय ५६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले परीक्षामा एक हजार नौ सय ५६ केन्द्राध्यक्ष, तीन हजार ९ सय १२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);