कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पुरा

३० फाल्गुन, काठमाडौं । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पुरा

३० फाल्गुन, काठमाडौं । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् ।

विगतमा एसएलसी भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ । शिक्षा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एवम् परीक्षा समितिका संयोजक शन्तबहादुर श्रेष्ठले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षासँग सम्बन्धित केन्द्रीय निकायसँय समन्वय भइसकेको बताउनुभयो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यो परीक्षामा एक हजार ९ सय २३ केन्द्र र केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी गरी जम्मा ६७ हजार ५ सय ९१ जनशक्ति परिचालन हुनेछन् ।

परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही र परीक्षा रद्दसमेत गरिने रेग्मीले बताउनुभयो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);