बाजुरामा चट्याङ्ग लागेर एक बालकको मृत्यू, दुर्ई घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाजुरामा चट्याङ्ग लागेर एक बालकको मृत्यू, दुर्ई घाईते

मदन वि.क.
४ चैत्र बाजुरा ।
बाजुराको सदरमुकाम मार्तडीबाट दुई दिनको पैदल दुरीमा रहेको नवघोषित हिमाली गाँउ पालिकाको रुगिनको बोत्रामा गएराती परेको चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ भने २ बालक घाईते भएका छन् ।
राति करिब ८ बजेतिर चन्दन कार्कीको घरमा चट्याङ लागेर सो घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले

बाजुरामा चट्याङ्ग लागेर एक बालकको मृत्यू

मदन वि.क. ४ चैत्र बाजुरा ।

बाजुराको सदरमुकाम मार्तडीबाट दुई दिनको पैदल दुरीमा रहेको नवघोषित हिमाली गाँउ पालिकाको रुगिनको बोत्रामा गएराती परेको चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ भने २ बालक घाईते भएका छन् । राति करिब ८ बजेतिर चन्दन कार्कीको घरमा चट्याङ लागेर सो घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । चट्याङ्ग लागेर मृत्यु हुनेमा चन्दन कार्कीको १४ वर्षीया छोरा शेर बहादुर कार्की रहेका छन् ।

 

त्यस्तै कार्कीकै १७ वर्षकी छोरी झुमकला कार्की र १० वर्षका छोरा जुनु कार्की समेत घाईते भएको आफन्तले बताएका छन् । यसरी घाइते भएका दुई दिदी भाइका चट्याङका झिल्का लागेर हात खुट्टा जलेको छ भने चट्याङ लागेर दुइ गोरु र एक बाख्रा समेत मरेको जानकारी प्राप्त भएको छ । घाइते भएका दुई बालवालिकालाई थप उपचारका लागि पाँच घन्टाको पैदल हिडेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);