गाउँपालिकाको केन्द्र अव्यवहारिक रुपमा हेरफेर गरेको भन्दै स्थानीय आक्रोसित | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

गाउँपालिकाको केन्द्र अव्यवहारिक रुपमा हेरफेर गरेको भन्दै स्थानीय आक्रोसित

३० फाल्गुन, इलाम । इलामको सन्दकपुर गाँउपालिकाको केन्द्र अव्यवहारिक ढंगले हेरफेर गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

गाउँपालिकाको केन्द्र अव्यवहारिक रुपमा हेरफेर गरेको भन्दै स्थानीय आक्रोसित

३० फाल्गुन, इलाम । इलामको सन्दकपुर गाँउपालिकाको केन्द्र अव्यवहारिक ढंगले हेरफेर गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

सिफारिस गरिएको भन्दा फरक ढंगले गाँउपालिकाको केन्द्र परिर्वतन भएपछि सन्दकपुरबासीले बिरोध गरेका हुन । स्थानीय तह प्राविधिक सहयोग समितिले देउराली बजार कायम हुने गरी केन्द्र तोकेर पठाएको थियो । तर नवघोषित गाउँपालिका केन्द्रमा साविक माइपोखरी गाविसको कार्यालय तोकिएको छ । हाल माइपोखरी गाविसको साविक गाविस कार्यालय भने इलाम नगरपालिकामा गाभिएको छ ।

साविक माइपोखरीको ३ मा सन्दकपुर गाउँपालिका केन्द्र कायम गर्ने गरी स्थानीय तह घोषणा गरिएको हो । माइपोखरी गाविसको १ देखि ३ नम्बर वडालाई इलाम नगरपालिकामा गाभिएको छ भने ४ देखि ९ नम्बर वडालाई सन्दकपुर गाउँपालिकामा समावेश गरिएको छ । पुर्नसंरचना सम्वन्धि इलाम स्थित सन्दकपुर गाँउपालिकाको केन्द्र देउराली बजार सुलुवुङ हुनुपर्नेमा साविक माइपोखरी गाविसको कार्यालय उल्लेख भएकोमा  सन्दकपुरबासीले बिरोध गरेका हुन ।

स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडकाले राजपत्रमा प्रकाशित सुचना जिल्ला  समन्वय समितिबाट हेरफेर गर्न नसकिने बताउनु भयो । स्थानिय विकास अधिकारी खड्काले स्थानिय निकायको निर्वाचन नहुन्जेलसम्मको लागी सवै गाँउपालिकाका बासिन्दालाई सहज हुने गरी साविक माइपोखरी गाविसभित्रको कुनै पनि स्थानमा कार्यालय संचालन गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);