चैत ८ गते शुरु हुने एसइई परीक्षाको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चैत ८ गते शुरु हुने एसइई परीक्षाको तयारी पूरा

see exam

काठमाडौं, २४ फागुन । आगामी चैत ८ गते शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारीस्वरुप परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला जिल्ला पठाइ सकेको बताएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षाका लागि देशभर एक हजार ९ सय ५६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकतर्फको परीक्षा भने चैत १४ गतेदेखि २० गतेसम्म हुने छ । परीक्षा नियन्त्रक रेग्मीले परीक्षामा एक हजार नौ सय ५६ केन्द्राध्यक्ष, तीन हजार ९ सय १२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटाइने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);