म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी

budget rakam

काठमाडौं, १५ चैत । महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन बर्षमा वैदेशिक रोजगार व्यवसायी म्यानपावर कम्पनी तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दबीसहित उजुरी परेका छन् ।

महाशाखाको आर्थिक बर्ष २०७२ /०७३, २०७३ /०७४ तथा चालू अर्थिक बर्षको फागुनसम्म वैदेशिक रोजगारसम्बन्धी ८७ करोड ३४ लाख १९ हजार चार सय रुपैयाँ र कन्सल्टेन्सी ठगीसम्बन्धी तीन करोड ९१ लाख १५ हजार ६ सय बिगो दाबी सहितका उजुरी परेका हुन् ।

महाशाखामा आव २०७२ /०७३ मा म्यानपावर मार्फत एक करोड ३० लाख ७४ हजार ठगी भएको बिगो दाबीसहित उजुरी परेको छ । आव २०७३ /०७४ मा पाँच सय १३ उजुरी दर्ता भएका थिए । ६२ करोड ७७ लाख ४२ हजार एक सय ३१ रुपैयाँ बिगो दाबी सहित उजुरी दर्ता भएका थिए ।

चालू आवको फागुनसम्ममा एक सय २९ उजुरी दर्ता भएका छन् । उजुरीमा २३ करोड २६ लाख तीन हजार दुई सय ६३ रुपैयाँ बिगो दाबी गरिएको छ । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);