संसदभवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलितः संसद हाताभित्र सेकुवा र मद्यपान गराएको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संसदभवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलितः संसद हाताभित्र सेकुवा र मद्यपान गराएको आरोप

samsadh bhaban

काठमाडौं, १५ चैत । बानेश्वरस्थित संघीय संसद भवनमा कार्यरत कर्मचारीले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यविरुद्ध आन्दोलन चर्काएका छन् ।

कार्यालय प्रमुख पदको दुरुपयोग गरी कार्यालय हाताभित्र मनोमानी गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्रमुख अमात्यविरुद्ध आन्दोलन चर्काएका हो । चैत ६ गतेदेखि आन्दोलन जारी छ । समाचारमा लेखिएको छ, संगठनका अध्यक्ष छलरामप्रसाद पौड्यालका अनुसार कार्यालय प्रमुखले सवारी साधन दुरुपयोग गरेको, जिन्सी सामान कौडीको भाउमा बेचेको र अनाधिकृत व्यक्तिलाई आवास क्षेत्र दिएकाले आन्दोलन गर्नुपरेको बताए ।

पौडेलले भने,

गरिमामय संसदभित्रको धार्मिक महत्वका वरपिपल र रुद्राक्षलगायत रुख काटेको, संसद हाताभित्र नै मासु, सेकुवा र मद्यपान गराउनेदेखि अनाधिकृत व्यक्तिलाई आवास उपलब्ध गराएपछि आन्दोलन गर्नुपरेको हो ।

संसदलाई मर्यादित नबनाएसम्म कर्मचारीको आन्दोलन जारी रहनेछ । चैत १५ गते बिहीबार आज राष्ट्रपति विद्यादेवी भण्डारी सम्बोधनका लागि आउने भएकाले एक दिन आन्दोलन रोकिएको छ । आजको नागरिक दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);