पश्चिमका पहाडी जिल्लामा परेको हिमपातले अझै पनि सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पश्चिमका पहाडी जिल्लामा परेको हिमपातले अझै पनि सडक अवरुद्ध

सुदूरपश्चिम, ११ माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा परेको हिमपातले अझै कैयौं सडकहरु अवरुद्ध छन् । प्रदेश र स्थानीय निकायले सडक खुलाउन चाँसो नदिँदा कैयाैं यात्रुहरु बाटोमा रोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा लगातार ३ दिन देखि परेको हिमपातले डोटी, डडेल्धुरा, बैतडी, बझाङ र बाजुरामा राजमार्ग अवरुद्ध भएका छन् । मंगलबार देखि शुरु भएको भारी हिमपातले सडकमा बाक्लो हिउँ जमेकाले दशरथचन्द राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध छ । सडक अबरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन् ।

हावाहुरी र हिमपातले बैतडी, बझाङ लगायतका जिल्लाहरुका विगत ४ दिनदेखि विद्युत र सञ्चार सेवा समेत अवरुद्ध छ । हावाहुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाईनमा रहेका तारहरु टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, बैतडी वितरण केन्द्रले जनाएको छ ।

कतिपय स्थानमा बाटो चिप्लो हुँदा सवारी दुर्घटना भैरहेको छ । यता, हावाहुरी र हिमपातले पहाडी जनजीवन कष्टकर भईरहेको बेला सम्बन्धित निकाय मौन बसिरहेका छन् । कसैले पनि सडक खुलाउन वास्ता नगरेको एक आन्तरीक पर्यटकले गुनासो गरेका छन् ।

यस ठाउँहरुमा प्रत्येक वर्ष हिउँका कारण सडकहरु अवरुद्ध हुने गरेको छ । तर, सम्बन्धित निकायले पूर्व तयारी नगर्दा यात्रुले सधै समस्या भोग्नु परेको स्थानीयहरुको गुनासो छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);