मुगुमा हिमपातले प्रभावित हवाई उडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मुगुमा हिमपातले प्रभावित हवाई उडान

मुगु । हिमाली जिल्ला मुगुमा आइतबारबाट नियमित रूपमा हवाई उडान सुचारु भएको छ । शुक्रबार मध्यान्हदेखि परेको निरन्तर हिमपातले मौसममा आएको खरावीका कारण हवाई सेवा अवरुद्ध भएको थियो । मौसममा सुधार आए पश्चात् आइतबारबाट नियमित उडान सेवा सुचारु भएको हो ।

हिमपातपछि मुगुमा पहिलो पटक समिट एयरले उडान भरेको थियो । पुस महिनामा पनि हिमपातले हवाई उडान एक साता प्रभावित बनेको थियो । तेस्रो पटकको हिमपातमा मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित हवाई उडान भरेका छन् । 

दुई दिनसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा परेका थिए । शुक्रबारदेखि लगातार परेको बाक्लो हिमपातले  सडक र हवाई यातायात अवरुद्ध बनेको थियो । 

अझै पनि कर्णाली राजमार्गको माग्न-गमगढी सडक सुचारुमा आउन सकेको छैन । सडक खुलाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजले नियमित उडान भरेको कर्णाली टुर एण्ड ट्राल्भस मुगुका इन्चार्ज डिवी मल्लले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);