दाङको विमान स्थलमा आईतवार देखि नियमित हवाई उडान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दाङको विमान स्थलमा आईतवार देखि नियमित हवाई उडान सुरु

राप्ती ,२५ पुष । सबै भन्दा पुरानो विमानस्थल दाङको टरिगाउँ विमान स्थलमा आईतवार देखि नियमित हवाई उडान सुरु भएको छ । दाङ–काठमाडौ नियमित हवाई सेवाका लागि समिट एरलान्सले आईतवार पहिलो उडान गरेको छ ।

पटक पटक गरेर पाचौ पटक सम्म बन्द भएको दाङको हवाई सेवा यो उडान संगै नियमित हुने अपेक्षा गरिएको छ । पछिल्लो समय ३ वर्ष पछि नियमित हुन लागेको हो । विभिन्न सरकारी तथा निजी संघ संस्था र प्रतिनिधिहरुले नियमित हवाई उडानको पहल गरेको भए पनि त्यो सफल हुन सकेको थिएन । कच्ची धावन मार्ग भएको भन्दै ५ वर्ष पहिले टरिगाउँ एरपोर्टको धावनमार्ग कालोपत्रे गरिएको थियो ।

धावनमार्ग कालोपत्रे भएपनि दाङमा नियमित उडान हुन सकेको थिएन । नियमित उडानका लागि इन्धन इन्धन नभइको भन्दै इन्धन डिपो हुनु पर्ने र इन्धन आपुर्ती हुनु पर्ने भन्दै कुनै पनि एरलाइसले सेवा दिन मानेको थिएन । समिटएयरले भने तुलसीपुर उपमहानगरपालिकाले यात्रु र इन्धनको व्यवस्था मिलाई दिने सर्तमा नियिमित हवाई सेवा सुरु गरेको बताएको छ ।

तुलसीपुर टरिगाउँको हवाई सेवाका लागि काडमाडाँं – तुलसीपुर र तुलसीपुर –काठमाडौं हप्तामा दुइ दिन आईतवार र शुक्रबार उडान हुनेछ । काडमाडौ–दाङ ७ हजार २ सय र दाङ –काठमाडौं ६ हजार ८ सय रुपैया हवाई भाडा दर तोकिएको छ । धावनमार्गको रनवे छोटो भएकाले ठुला जहाजहरु अहिले नै नआउने भएकाले साना १८ सिटे जहाजबाट नियमित उडान सुरु गरिएको तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);