सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा तारा एअरको नियमित उडान बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा तारा एअरको नियमित उडान बन्द

फागुन २५ आइतबार ।
तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सानी बेहोर्नुपर्ने भएपछि उडान बन्द गरेको तारा एअरले जनाएको छ ।कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले गएको मङ्सिर १९ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो ।

हिमाली टुर एण्ड ट्राभल्सले तारा एअरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो ।ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको तथा हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ ।ट्राभल्सका मिनबहादुर रावलले मुगु, हुम्ला र जुम्लामा हप्तामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम शुरू गरे पनि आवश्यक सहयोग प्राप्त नभएका कारण उडान सेवा बन्द गरिएको बताए।

यसैबीच सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न बाँकेको नेपालगञ्ज विमानस्थलकै भर पर्नुपर्ने बाध्यता भएको छ । बाँकेबाट तारा, समिट र गोमा एअरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् ।

Leave a Reply