तटबन्ध निर्माणपछि स्थानीयलाई राहत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

तटबन्ध निर्माणपछि स्थानीयलाई राहत

tatbandha

बारा, ११ माघ । वर्षेनी पसाहा खोला पसेर बालुवामा परिणत भएको बाराको हरैया, करैया गाउँ अहिले विस्तारै विस्तारै पूनःस्थापित हुँदै गएको छ । चुरेबाट वगेर आउने विशाल खोला फुट्ने ठाउँमा तटबन्ध गरिएपछि त्यो गाउँका मानिसहरुले नयाँ जीवन पाएको जस्तो महशुस गरेको बताएका छन् ।

२०५८ सालमा बाराको पसाहा खोलामा आएको वाढीले निजगढ नगरपालिको हरैया, करैया गाउँ पुरै जलमग्न भयो भने १ जनाको मृत्य समेत भयो । त्यसैगरी, २०६१ सालमा त्यही खोलामा आएको वाढीले हरैया, करैया सहित सिहर्वा भन्ने गाउँमा समेत पानी पस्यो । पानी संगै आएको वालुवाले हजारौ उब्जिनीयोग्य जमिन वालुवामा परिणत भयो कयौनलाई उठिवास समेत लगायो ।

यस्तो समस्या वर्षनी भोग्दै आएका स्थानीयहरु अहिले भने वल्ल खुसिको सास फेर्न पाएका छन् । जिल्ला स्थित भूसंरक्षण कार्यालय लगायतका संघ संस्थाले ४ वर्ष अघि खोला फुट्ने ठाउँमा तटबन्ध गरिदिएपछि हजारौ परिवार लाभिन्वयत भएका हु्न् ।

पसाहा खोलाले बालुवा बनेको खेतवारी अहिले विस्तारै विस्तारै उव्जिनी तर्फ उन्मुख हुन थालेको छ । वर्षेनी धान, मकै, गहुँको उव्जिनी वढीरहेको स्थानीयहरु बताउँछन् । चुरेबाट बग्दै आएको विशाल यो पसाहा खोलाको तटबन्द नियन्त्रणमा आएपछि यहाँका स्थानीयहरुले नयाँ जीवन पाएको निजगढ नगरपालिका–११, वडा अध्यक्ष जिवन बहादुर रुम्बाले बताए ।

देशमा वर्षा लाग्ने वित्तिकै खोला र खहरेले कयौन वस्ती, जमिन वालुवामा परिणत हुने गरेको छ । तर, सकारात्मक सोच र गर्ने आट भयो भन पसाहा खोलाको एक ठाउँमा भएको नियन्त्रण जस्तै अन्य ठाउँमा पनि गर्न सकिने सरोकारवालाहरु बताउँछन् । अझै पनि पसाहा खोला र केरुङ्घे खोला जुनसुकै बेला फुट्ने सक्ने र हरैया करैया लगायतका गाउँ डुवानमा पर्न सक्ने स्थानीयहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);