बारामा बेवारिसे सवारी साधनको सार्वजनिक प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बारामा बेवारिसे सवारी साधनको सार्वजनिक प्रदर्शनी

bara bewarsise motorcycle

बारा, ११ माघ । बारामा ट्राफिक प्रहरीले विभिन्न समय र अवस्थामा बरामद गरेको तीन सय ५३ वटा मोटरसाईकललाई शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीमा राखेको छ ।

विगत तीन वर्ष देखि बरामद गरिएका उक्त मोटरसाईकललाई कागज पत्रका आधारमा बास्तविक सवारी धनी पत्ता लगाएर जिम्मा लगाउने उद्देस्यले प्रदर्शनीमा राखिएको हो ।

बारा र पर्सामा सवारी चेकजाँच गर्ने क्रममा कागज पत्र नभएको, बेवारिसे अवस्थामा फेला परेका र दुर्घटनामा परी नियन्त्रणमा रहेका मोटरसाईकल सार्वजनिक गरिएको प्रदेश–२, ट्राफिक प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिए ।

प्रहरी प्रमुख बज्राचार्यले ३५ दिन भित्र आवश्यक कागजातका साथ कार्यालयमा सम्पर्क गरेर सवारी लग्न सकिने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);