Our Network

मंसिर १४ २०७८, मंगलबार

विद्युत महसुलमा जरिवाना लगाइएको भन्दै वीरगञ्जमा स्थानीयको विरोध

वीरगञ्ज, १३ असोज । विद्युत महसुलमा जरिवाना लगाइएको भन्दै वीरगञ्जमा स्थानीयले विरोध गरेका छन् । विद्युत प्राधिकरण वितरण केन्द्र वीरञ्जमा मंगलबार धर्ना दिएका छन् । लकडाउन समयको विद्युत महसुलमा समेत जरिवाना लिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

लकडाउन र निषेधाज्ञाका बेला आम्दानी ठप्प भएको बेला विद्युतको शुल्कमा जरिवाना लिनु गलत भएको सांसद प्रदीप यादवले बताउनु भएको छ। प्राधिकरणले चालू आर्थिक वर्षको श्रावण र भदौ महिनामा जरिवानसहित शुल्क लिएको भन्दै स्थानीय रुष्ट भएका हुन् ।

Leave a Reply