विराट कोहलीलाई १२ लाख जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विराट कोहलीलाई १२ लाख जरिवाना

एजेन्सी, ९ असाेज । क्रिकेटमा स्लो ओभर रेटमा बलिङ गराएको भन्दै रोयल च्यालेञ्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना लगाइएको छ । युएईमा जारी इण्डियन प्रिमियर लिग क्रिकेटमा किंग्स इलाबेन पञ्जाव विरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गराएको भन्दै कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको हो ।

बिहीबार भएको खेलमा पञ्जावविरुद्ध पहिले बलिङ गरेको बैंग्लोरले झण्डै दुई घण्टामा आफ्नो पारी सकेको थियो । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा बेग्लोरले एक घण्टा ५१ मिनेटमा बलिङ सकेको थियो ।

सामान्य तया टी –२० क्रिकेटमा एक पारी एक घण्टा ३० मिनेटमा सकिने हुन्छ । बिहीबार भएको खेलमा कोहलीको टिमले तोकिएको समय भन्दा धेरै समय लगाएको भन्दै जरिवाना लगाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);