श्रम नियमावलीप्रति साना उद्योगीको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

श्रम नियमावलीप्रति साना उद्योगीको आपत्ति

काठमाडौं, २५ साउन । घरेलु तथा साना उद्योगीहरुले सरकारले हालै लागू गरेको श्रम नियमावलीप्रति आपत्ति जनाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले यही महिनाबाट लागू गरेको श्रम नियमावलीले घरेलु तथा साना उद्यमीलाई मारमा पारेको भन्दै आपत्ति जनाएका छन् ।

नियमावलीमा गरिएको व्यवस्था अनुसार उद्योग चलाउन नसक्ने निष्कर्ष निकाल्दै महासंघले त्यस सम्बन्धमा प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

सरकारले श्रावण महिनाबाट लागू गरेको नियमावलीले उद्योग चलाउन नसक्ने अवस्था आएकाले सो सम्बन्धमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने निर्णय गरिएको महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।

शुक्रबार काठमाडौंमा सरकारले हालै लागू गरेको श्रम नियमावलीका विषयमा छलफल गरिएको थियो । सोही छलफलमा भाग लिँदै महासंघका कार्यबाहक अध्यक्ष सिंहले यो नियमावलीले आफूहरुलाई मारमा पारेको बताए ।

नियमावलीमा श्रमिकहरुको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ तोकिएको छ । महासंघका अध्यक्ष सिंहले सो पारिश्रमिक दिने अवस्था पनि नेपालका साना उद्योगहरुसँग नरहेको स्पष्ट पारे ।

महासंघले कामदारहरुलाई सीपयुक्त तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । सरकारले दक्ष कामदारका लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने कार्यबहाक अध्यक्ष सिंहको भनाई छ । सरकारले हालै लागू गरेको श्रम नियमावलीमा विदेशी कामदारलाई काम गर्न दिन नपाउने व्यवस्था गरिएको छ । महासंघले सो व्यवस्था नियमावलीमा गरेकोमा पनि आपत्ति जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);