मना सार्कीका छोराले मुख्यमन्त्रीलाई साधेँ : आमाको हत्यारालाई कारवाही हुन्छ कि हुदैँन ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

मना सार्कीका छोराले मुख्यमन्त्रीलाई साधेँ : आमाको हत्यारालाई कारवाही हुन्छ कि हुदैँन ?

mana sarki

कालिकोट, २५ जेठ । कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीले हेलो मुख्यमन्त्री हटलाइन सेवा गरेको पहिलो दिनमा नै स्थानीय युवतीको कुटपिटबाट हत्या गरिएकी कालिकोट नरहरीनाथ गाउँपालिका दलित महिला वडा सदस्य मना सार्की छोरा प्रेम सार्कीले आमा हत्यारा कहिले कारवाही हुन्छ भनेर प्रश्न गरेका छन् । मुख्यमन्त्री शाहीलाई आमाको क्रियापुत्रि घरमा बसेका छोराले कुरा गरेका हुन् ।

मुख्यमन्त्री शाहीसँग आमाका हत्यारा कारवाही हुनुपर्ने माग गरेको र मुख्यमन्त्रीले हाम्रो मागलाई पुरा हुने आशावादी रहेको प्रेम सार्कीले बताए । ‘आमाका हत्यारालाई हदैसम्मको कारबाहीको माग गरेका छौं ।’ उनले भने,‘यो भुमीमा जन्मिएका सबै एक जातीका भएका र दलितका नाम अरु कसैले मर्न नपरोस भनेर पनि मैले भने ।’

नरहरीनाथ गाउँपालिका वडा नं.९ का महिला दलित वडा सदस्य मना सार्की (आइती)को जेठ १९ शनिबार राती स्थानीय युवती राजिन्द्रा शाही र सिर्जना शाहीको कुटपिटबाट मृत्यु भएको थियो ।

कर्णाली प्रदेश सरकारले बिहीबारबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा (१०९६) र सरकार मन्त्रिपरिषद् कार्यालयको जनतासँग मुख्यमन्त्री कार्यक्रम शुरु गरेका छन् ।