पानी भर्न जाँदा लडेर बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पानी भर्न जाँदा लडेर बालिकाको मृत्यु

child-death

कालिकोट, ३१ जेठ । कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं. ५ मा पानी भर्न जादाँ बुधबार बेलुका एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । पलाता गाउँपालिका– खिन गाउँकी ऐमान बि.क.का १२ बर्षिया छोरी सितला बि.क.को मृत्यु भएको हो ।

बुधबार बेलुका नजिकैको मैन खानेपानी आयोजनाको धारामा खानेपानी भर्न गएको बेला ढुङ्गाबाट चिप्लिएर लडेर बि.क.को मृत्यु भएको स्थानीय नविन बि.क.ले जानकारी दिए ।

बुधवार नै नरहरीनाथ गाउँपालिका ८ का धीरबहादुर रावलकी २२ वर्षीया श्रीमति सरिता रावलको घास काट्न जंगलमा गएको बेला भीरबाट लडेर मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);