सरकारले पूँजी प्रवाहलाई उच्च प्राथमिकता दिन्छ : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले पूँजी प्रवाहलाई उच्च प्राथमिकता दिन्छ : अर्थमन्त्री खतिवडा

yubraj-khatiwoda

काठमाडौं, १७ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पूँजी प्रवाहलाई उच्च प्राथमिकता दिने बताएका छन् । अर्थमन्त्री खतिवडाले कानुन बमोजिम कर उठाएर पूँजी प्रवाहलाई प्राथमिकता दिने उल्लेख गरे ।

उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले कानुनको सिमा भित्र रहेर मात्रै कर उठाउन पाउने कानुनी व्यवस्था रहेको बताए ।

बिहिबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री खतिवडाले सरकार र व्यवसायीबीच कहिलकाँही स्वार्थ बाँझिने गरेको भन्दै पूँजी प्रवाहलाई बढावा दिने काममा सरकारलाई सक्दो सहयोग गर्न पनि आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले सरकारले रोजगारीको अवसर सृजना गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मुलुकको व्यवसायलाई सहज ढंगले संचालन हुने गरी कानुनको संशोधन गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले व्यवसायिक वातावरण बनाउन सरकार सफल हुने विश्वास व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);