बुधबार सेयर बजार दोहोरो अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुधबार सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं, १६ फागुन । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सबै उपसूचक ओरालो लागेपछि नेप्से परिसूचक १८ दशमलव ८२ अंकले घटेको हो ।

बुधबार १३ सय ४५ दशमलव ९९ अंक परिसूचक कायम भएको छ । सबैभन्दा धेरै बीमा समूह १ सय ५१ दशमलव २२ अंकले घटेको छ । दिनभरिमा १ सय ६० वटा कम्पनीको १३ लाख ३७ हजार तीन सय ३७ कित्ता सेयर खरिदविक्री हुँदा ५४ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकम मंगलबारको तुलनामा घटेको हो । मंगलबार ५५ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);