बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्याे

stock_exchange_nepse-e1528283604277

काठमाडाैं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभरको तीव्र उतारचढाव पछि बुधबार नेप्से परिसूच्क १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको छ । क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि बुधबार कारोबार रकममा भने उल्लास कायमै रह्यो । दिनभर भएका १ लाख ५५ हजार २ सय ३९ कारोबारबाट २ सय २१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७ सय ३ रुपैयाँ पुगेको छ ।

नेपाल इन्स्यारेन्सका लगानीकर्ताहरुले बुधबार धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर १ हजार ६ रुपैयाँ पुगेको छ । दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावरक कम्पनी र तेस्रोमा रिढी हाइड्रोपावर कम्पनी देखिएका छन् ।

यसैगरी अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्यारेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । धेरै गुमाउनेहरुको पहिलो नम्बरमा युनाइटेड आइडीआई मार्दी, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकको सेयर मूल्य घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);