लगातार तीन दिन दोहोरो अंकले बढेको नेप्से बुधबार ओरालो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लगातार तीन दिन दोहोरो अंकले बढेको नेप्से बुधबार ओरालो

काठमाडौं, २३ पुस । यो साता लगातार तीन दिन दोहोरो अंकले बढेको सेयर बजार परिसूचक नेप्से बुधबार भने घटेको छ । नेप्से ७ दशमलव ३२ अंकले घटेर परिसूचक १ हजार २ सय ०९दशमलव ६० अंकमा पुगेको छ ।

१ सय ७२ कम्पनीका २१ लाख ८५ हजार ३ सय ९७ कित्ताशेयर १० हजार ३५ पटकको कारोबारबाट ७३ करोड ८ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ खरिद बिक्री भएको छ ।

यो कारोबार अघिल्लो दिनको तुलनामा करिब ३७ करोडले कम हो । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ५० अंकले घटेको छ । बुधबार कारोबार भएका १२ समूहमध्ये ७ वटा समूहको परिसूचक ओरालो लागेको छ ।

वित्त समूह ५दशमलव ५९, उत्पादन तथा प्रशोधन १३ दशमलव ७६, अन्य ० दशमलव ३३, लघुवित्त १४दशमलव ४६ र म्युचुअल फण्ड समूह ०दशमलव ०९ अंकले उकालो लागेको हो ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सबैभन्दा बढी ७ करोड १५ लाख बढीको शेयर कारोबार भएको छ । शेयर कारोबारका आधारमा भने माछापुच्छ्रे बैंक अग्रस्थानमा रहेको छ ।

समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाउँदा लुम्बिनी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ७दशमलव ३५ प्रतिशतले गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);