शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बृद्धि

काठमाडौं, १३ माघ । सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । पुँजीबजार मापक नेप्से २३दशमलव ९५ अंकले बढेर परिसूचक १ हजार ३ सय दशमलव ६२ बिन्दुमा पुगेको हो ।

१ सय ८० कम्पनीका २४ लाख ९ हजार २ सय ६२ कित्ता सेयर ११ हजार २ सय ९ पटक किनबेच हुँदा ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४दशमलव ५३ अंकले बढेर परिसूचक २सय ७९दशमलव १५ अंकमा पुगेर बन्द भएको छ ।

कारोबार भएका सबै समूहको सूचक उकालो लागेका छन । सोमबार सबैभन्दा बढी जीवन बीमा समूह १सय ७४दशमलव ०३ अंकले उकालो लागेको छ । शेयर कारोबारका आधारमा भने ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ ।

सुमित लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ७दशमलव ७९ प्रतिशतले कमाउँदा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ३दशमलव ०७ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);