सोमबार सेयर बजार दोहोरो अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सोमबार सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं, २४ पुस । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ अंकले बढेर १ हजार ४ सय ४३ दशमलव ८० अंकमा पुगेको छ ।

सबैभन्दा धेरै बीमा समूह १२२ दशमलव १६ अंकले बढेको छ । बैंकिङ ९ दशमलव ०५, व्यापार १ दशमलव २७, विकास बैंक ६ दशमलव ६२,जलविद्युत ३ दशमलव २३, फाइनान्स ३ दशमलव ७३, उत्पादनमूलक २ दशमलव ८, अन्य १२ दशमलव ७६ र लघुवित्त २ दशमलव ८५ अंकले बढेका छन् ।

होटल भने १७ दशमलव ३७ अंकले घटेको छ । १ सय ५७ वटा कम्पनीको सेयर किनबेच हुँदा ४६ करोड ४६ लाख ३९ हजार आठ सय २० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);