ठगीको आरोपमा २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ठगीको आरोपमा २ जना पक्राउ

pakrau

झापा, १२ चैत । ठगी गरेको आरोपमा सुनसरीको ईटहरी उप–महानगरपालिका–९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका–१० का ४१ बर्षीय जल्लाउदिन मियाँ पक्राउ परेका छन् ।

पक्राउ परेका दुवै जनाले ईटहरी–८ का यज्ञबिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।

उनीहरुले बिभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई आँफूबाट ४ लाख नगद लगेको र सम्पर्क बिहिन भएको भनी ठकुरीले ईलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए ।

ठगी भएको सूचना पाएसंगै ठगी गर्ने ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);