वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने पक्राउ

pakrau

जापान, अमेरिका लगायतका देशमा पठाउने भनी करोडौ ठगी गर्ने ललितपुरको तिखेदेवल बस्ने नुवाकोटको थानपती घर भएका ३९ बर्षीय पारस लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लोहनीलाई बुधवार काठमाडौँ महानगरपालिका–१६ स्रोहखुट्टेबाट पक्राउ गरेको हो । लोहनीले फ्रान्स, जापान, सिंगापुर, अमेरिका लगायतका देशहरुमा पानीजहाजमा आकर्षक सेवा सुविधा सहितको राजगारी पाउने भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाखसम्म गरी २ करोड ७५ लाख ठगी गरेको भनी ३३ जना पीडितहरुले महाशाखामा उजुरी गरेका थिए ।

लोहनीले पीडितहरुसंग रकम लेनदेन गर्दा भेटेरै रकम लिने गरेको, कसैलाई आईएमई मार्फत पैसा पठाउन लगाउने गरेको र नगद संकलन गरे पश्चात काम नगरी सम्पर्क विहीन हुने हुदाँ पीडितहरुबाट काम छिटो गर्न दवाव आए पश्चात निजले बैदेशिक रोजगार सम्बन्धी कागज गर्ने, रकम नभएको बैंक खाताको चेक दिई अलमलाउने र कसैलाई भिजिट भिषामा दुबई, इण्डोनेसिया लगायतका देशमा पु¥याई अलपत्र पार्ने गरेको खुल्न आएको छ ।

लोहनीलाई थप अनुसन्धान एवं कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);