सिङ्गापुर र घाना पठाइदिन्छु भन्दै रकम ठगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिङ्गापुर र घाना पठाइदिन्छु भन्दै रकम ठगी

काठमाडौं, २५ माघ । सिङ्गापुर, अफगानिस्तान र घाना पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । सिङ्गापुर, अफगानिस्तान र घानामा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै नगद ५७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका–३ बस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-७ घर भएका ३० वर्षीय अनिल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अनिल श्रेष्ठले विभिन्न ७ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर, अफगानिस्तान तथा घाना जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि पानीजहाज लगायतका कम्पनीहरूमा काम लगाइदिन्छु र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएपछी उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको जनाएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);