भारतबाट ३० लाख किलो ‘टोम्याटो पाउडर’ आयात | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतबाट ३० लाख किलो ‘टोम्याटो पाउडर’ आयात

tometo powder

विराटनगर, २५ कात्तिक । मेची भन्सार भएर यो वर्षदेखि गोलभेँडा भारततर्फ निर्यात हुन थालेको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय किलोग्राम गोलभेँडा भारत निर्यात गरेको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा तीन लाख चार हजार किलोग्राम गोलभेँडा भारत निर्यात भएको जनाएको छ ।

नेपालमा व्यावसायिक खेतीको प्रचलन बढेसँगै उत्पादन वृद्धि भएका कारण पूर्वी नेपालबाट चालु आर्थिक वर्षको तीन महिनामा झण्डै ३० लाख रुपियाँ मूल्य बराबरको गोलभेँडा भारत निर्यात भएको हो । नेपालबाट भारततर्फ गोलभेँडा निर्यात हुन थालेपछि भदौ अन्तिमतिर निर्यातजन्य सूचीमा सूचीकृत नभएको भन्दै रोकसमेत लगाएको थियो । प्रदेश सरकारको प्रयत्नबाट तत्कालका लागि गोलभेँडा निकासी खुले पनि दीर्घकालीन रूपमा भने समस्या समाधान भइसकेको छैन ।

नेपालमा उत्पादन भएको गोलभेँडा पहिलोपटक मेची भन्सार भएर भारत निर्यात भए पनि उत्साहित हुनुपर्ने अवस्था भने छैन । काँचो गोलभेँडा उत्पादन र उपभोगमा प्रदेश १ आत्मनिर्भर भए पनि गोलभेँडाजन्य अन्य खाद्यवस्तुमा भने आत्मनिर्भर हुन सकेको छैन । अहिले पनि भारतलगायत अन्य तेस्रो मुलुकबाट ठूलो परिमाणमा ‘टोम्याटो पेस्ट र टोम्याटो सस्’ को आयात भइरहेको छ ।

नेपालमा गोलभेँडाबाट सस् बनाउने उद्योग स्थापना भए पनि उनीहरूले अर्धप्रशोधित टोम्याटो डस्ट, पेस्ट र सस् नै आयात गरेर बजारमा बिक्री वितरण गरिरहेका छन् । यसले गर्दा किसानले उत्पादन गरेको गोलभेँडाले बजार नपाएका कारण भारतमा निकासी गर्ने विकल्प तयार भएको हो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);