कृषिप्रधान देशमा ७ अर्बकाे तरकारी आयात, ११ करोडको निर्यात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कृषिप्रधान देशमा ७ अर्बकाे तरकारी आयात, ११ करोडको निर्यात

tarkari

काठमाडौं, २५ माघ । पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेँडा र सवा करोडको बन्दा–काउली आयात । तर, बजारमा ४० रुपैयाँ किलो पर्ने बन्दा बिचौलियाले दुई रुपैयाँमा पनि नकिनेपछि किसान आफैं तरकारीबारीमै डोजर लगाउँछन् ।

आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने भारत र बंगलादेशबाहेक चीन, बेल्जियम, मलेसियालगायत विश्वका थुप्रै मुलुकबाट आयात हुन्छ । चालू आवको पाँच महिनामा भारतबाट ३ अर्ब २० करोड रुपैयाँको आलु आयात भएको छ । त्यस्तै, बंगलादेशबाट ५१ लाख रुपैयाँबराबरको आलु आयात भएको विभागको तथ्यांक छ ।

अघिल्लो वर्ष भारतबाट ३ अर्ब ३७ करोड र बंगलादेशबाट १७ करोडको आलु आयात भएको थियो । स्वदेशी आलु उत्पादन बिस्तारै बढ्दै गएको छ । व्यवसायीका अनुसार अहिले स्वदेशी उत्पादनले ६ महिनाको माग धान्ने गरेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक ३० लाख ८८ हजार टन आलु उत्पादन हुने गरेको छ । तर, बाह्रै महिना आयात हुने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।

प्याजका लागि भारत र चीनमा निर्भर 

प्याज भने नेपालमा भारत र चीनबाट आयात हुने गरेको छ । यद्यपि, अघिल्लो वर्ष भने इस्ले अफ म्यान नामक मुलुकबाट समेत आयात भएको देखिन्छ । चालू आवको पाँच महिनामा भारतबाट २ अर्ब १९ करोडको प्याज आयात भएको छ । अघिल्लो आवमा भने भारतबाट ३ अर्ब ९ करोड, चीनबाट ५६ करोड ३६ लाख र इस्ले अफ म्यानबाट ११ लाख रुपैयाँको प्याज आयात भएको थियो । प्याजको उत्पादन वृद्धि गर्न सरकारको कुनै कार्यक्रम छैन । व्यवसायीका स्वदेशी उत्पादनले १ महिनाको माग पनि धान्न सक्दैन । ‘हाम्रो उत्पादन कुल मागको ५ प्रतिशतजति मात्र छ,’ व्यवसायी घिमिरेले भने ।

करोडौँको गोलभेँडा आयात 

नेपालमा सबैभन्दा बढी गोलभेँडा भारतबाट आयात हुने गरेको छ । यद्यपि, सानो परिमाणमा चीन, इटलीलगायत मुलुकबाट पनि गोलभेँडा आउने गरेको छ । भन्सार विभागका अनुसार गत पाँच महिनामा नेपालले भारतबाट २४ करोड रुपैयाँको गोलभेँडा आयात गरेको छ । त्यस्तै, चीनबाट १६ लाख र इटलीबाट २३ लाख रुपैयाँको गोलभेँडा आयात गरेको विभागको तथ्यांक छ ।

व्यवसायीका अनुसार कुल मागको ६० प्रतिशत गोलभेँडा स्वदेशी उत्पादनले धान्ने गरेको छ । अर्थात् वर्षभरमा सात महिना स्वदेशकै गोलभेँडा खपत हुने स्थिति बनेको छ । याे समाचार नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);